१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

काठमाडौंबाट जुवा खेल्नेहरु १०० जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक १९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । महानगरपालिका-६ नयाँ बस्ती ओलाङचुङ्गोला गुम्बा नजिक डेरा गरी बस्ने सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ५१ वर्षीय माधब आर्चाय लगायत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कोठामा कौडा खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ३२ हजार ५ सय रुपैयाँ र ४८ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका सागरको प्रहरीले खोजी कार्य गरिरहेको छ ।

यसैगरी कपिलबस्तु बाणगंगा नगरपालिका-२ लेखबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ३३ वर्षीय रमेश भट्टराई लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ७ सय ४५ रुपैयाँ र २ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कपिलबस्तु बाणगंगा नगरपालिका-१ स्थित किशोर जंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ बर्षीय उदय अधिकारी लगायत १८ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ४२ हजार ३ सय ८० रुपैयाँ र ३ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ मठ बस्ने ४३ वर्षीय उत्तम खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा उत्तम लगायत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार २ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ कबडहल बस्ने ६३ वर्षीय गोबिन्द बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा गोबिन्द समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ७२ हजार ४ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकोट वेसीटोल बस्ने ४० वर्षीय दिपक कुमार तामाङको मंगोलियन वेभ रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा दिपक लगायत १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त बारमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ६८ हजार ३ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी लमजुङ बेसिशहर नगरपालिका-३ गाउँशहर बस्ने २९ वर्षीय सन्तोष बोहोराको घरमा कौडा खेलिरहेको अवस्थामा सन्तोष समेत १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद १ लाख ५६ हजार ५ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी गोरखा गोरखा नगरपालिका-८ चाईनिजधारा बस्ने २९ वर्षीय मन्दिप श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा मन्दिप लगायत ९ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अव्स्थामा नगद १ लाख १ हजार ८ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!