२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जनकपुरबाट नेपाल र भारत मैत्री ३६ सिट बस सेवा पुनः संचालनमा

Logo
प्रकाशित शनिबार, कार्तिक २०, २०७८

(ABC।Sanchar)
जनकपुरधाम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा आजदेखि पुनः संचालनमा आएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बस स्टेश्नबाट आज राति ८ बजे भारत विहार राज्यको राजधानी पटनाका लागि बस छुट्दैछ । दुवै देशमा कोरोना संक्रमण दर कमभएपछि मैत्री बस सेवा सुचारु भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले बताए ।

केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका अवसरमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले उक्त बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । अध्यक्ष चौधरीले जनकपुरधामदेखि पटनासम्मको भाडादर अहिलेसम्म तय नभए पनि तत्काल प्रति यात्रु साढे चार सय भारतीय रुपैयाँ लाग्ने बताए । बसमा ३६ वटा सिट छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]