२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरी सशस्त्र कंचनपुरले अजिङ्गर सापको उद्धार

Logo
प्रकाशित सोमबार, कार्तिक २२, २०७८

(ABC-Sanchar)
कंचनपुर । सशस्त्र प्रहरी बलले आज कञ्चनपुरको दक्षिणी क्षेत्रबाट अजिङ्गर उद्धार गरी वनको जिम्मा लगाएको छ।

यहाँस्थित बेलौरी नगरपालिका–६ भुराकोटको नेपाल–भारत सीमा क्षेत्रबाट सात फिट लामो अजिङ्गर जीवितै उद्धार गरी कुन्डा सड डिभिजन वन कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नं ३५ हेटक्वार्टर शैलेश्वरीले जनाएको छ।

“दशगजा क्षेत्रमा अजिङ्गर रहेको खबर पुग्नासाथ हाम्रो टोलीले उद्धार गरी वन कर्मचारीको जिम्मा लगाएको हो”, सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले भन्नुभयो, “सीमाको सुरक्षासँगै वन्यजन्तुको उद्धारमा पनि हामी सक्रिय छौँ ।” रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]