१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

नागरिकको सुरक्षा प्रहरीको भुमिका पहिलो हो एसपी :पाण्डे छठ पर्व को शुभकामना दिदै

Logo
प्रकाशित सोमबार, कार्तिक २२, २०७८

(ABC-Sanchar)
पर्सा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताद्वारा छ्ठ पर्वको उपलक्ष्यमा सुभ- कामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

अतिथि वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकारले छ्ठ पर्व दुई शब्दले धेरै महत्व रहेको बताए ।एउटा यो पर्वमा लाग्ने सम्पुर्ण सामाग्री किसानले उब्जाएको भएकोले कृषकको पर्व भनिन्छ भने अर्को समानताको पर्व जहा गरिब र धनि बीच भेदभाव हुदैन।सबै त्यहि भुईमा बसि पुजा गर्ने भएकोले यसलाई विशेष महत्त्वको पर्व मानिने समेत बताए।
त्यसैगरि बिशिस्ट अतिथि जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष एवं शिक्षाबिद प्रोफेसर डा. दिपक शाक्यले प्रहरी आफैमा पुर्ण नहुने , जबसम्म समुदायले प्रहरीलाई सहयोग गर्दैन ।समाजमा चोरि , डकैती मात्र होईन , सामाजिक कामम पनि प्रहरीको आवस्यकता पर्दछ ।जसरी समाजको बिकास हुदै गयो , बिकृति पनि बढदै गयो ।त्यसलाई रोकथाम र नियन्त्रण गर्न समुदाय मिलेर गर्नु पर्ने प्रहरीले मात्र गर्न नसक्ने डा. शाक्यले बताउनु भयो।समाजलाई स्वच्छ , सभ्य , भाईचाराको सम्बन्ध बढाउनमा समुदायको ठुलो देन र महत्त्व रहेकोले यसमा सबैको सदभाव , सहयोग सक्रियता हुनु पर्नेमा जोड दिनु भएको थियो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताका अध्यक्ष शालिकराम प्रसाद कानुको सभापतित्वमा भएको सुभ कामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जुन ठाउमा विभिन्न जातजाति , धर्म- सस्कृति , भाषाभाषि बस्ने गर्दछ त्यस्तो समुदायको गास, बास , कपास, स्वास्थ्य , शिक्षाको बिषयको साथै सुरक्षा पनि सङ सङै आउने भएकोले राज्यको कल्पना गर्छौ त्यो सुरक्षाको कारण रहेको बताए ।पहिले पहिले गाउमा हुने खानेको घरमा चोरि डकैती हुन्थ्यो भने अहिले प्रबिधिको बिकाश सङ सङै सामाजिक सन्जालको जुन प्रयोग छ ।त्यसको दुरुपयोग छ ।त्यसले सुरक्षामा झन खतरा बढदै गैइरहेकोले समुदायलाई सुरक्षाको आवस्यकता पर्दछ , त्यसकारण घटना घटि सकेपछिको सुरक्षा र घटना घटन पुर्व शान्ति सुरक्षाको बिषय भनेको पुर्व सतर्कता नै रहेको पाण्डेले बताए ।त्यसको लागि विभिन्न क्षेत्रमा योगदान भएको , आ- आफ्नो क्षेत्रमा पहिचान बनाएका , रिटायर्ड भएको , सक्रिय रुपमा लाग्ने , समय दिनेलाई यस सस्थामा आबद्ध गर्न समेत आग्रह गर्नुभएको थियो ।
सो कार्यक्रममा वडा न.४ का वडा अध्यक्ष जगत साह कानु , ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, डा. दिलिप चौरसिया, डा. कुशराज गिरि , डा. रोशनलाल दास , बिरगंज जेसिजका अध्यक्ष रन्जन राउत, न्यु वेभ एकेडेमीका सुभाष प्रधान , जेशिजका पुर्व अध्यक्ष प्रेम पटेल , बिपद व्यवस्थापन प्रदेश न.२ का प्रहरी निरीक्षक नितेश कुमार सिंह , EVP JCI बिरगंजका बिजय अग्रवाल , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरीक्षक राजप्रसाद साह , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक दीपेन्द्र साह , सामुदायिकका कोषाध्यक्ष अनिल प्रधान , सदस्यहरु पन्नालाल पटेल , उमेश कुमार गुप्ता , जय कुमार साह कानु लगायत सन्चारकर्मि राहुल गुप्ता , अजित भुजेलको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र बिर्ताका सस्थापक अध्यक्ष मन्सुर सिद्दकिले स्वागत मन्तव्य र कार्यक्रम सन्चालन सचीव मुकेश सिंहले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!