२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मंसिरको पहिलो सातादेखि निर्वाचन आयोगको मतदाता नामावली सङ्कलन गर्ने तयारी

Logo
प्रकाशित सोमबार, कार्तिक २२, २०७८


(ABC-Sanchar)
काठमाडौँ । निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आउँदो मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ ।

दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको हो ।

आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली सङ्कलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरिसकेको छ ।

७ सय ५३ स्थानीय तहमा एक महिना मतदाता नामावली सङ्कलन गर्न ११ करोड रुपैयाँ बजेट आवश्यक पर्ने आँकलन गरी तिहारअघि नै बजेट माग गरेर अर्थमा पत्राचार भइसकेको आयोगका सचिव सुरेश अधिकारीले बताए । ‘अर्थबाट सहमति आउने बित्तिकै हरेक स्थानीय तहमा प्राविधिक पठाएर मतदाता नामावली सङ्कलन सुरु गर्छौँ,’ उनले भने ।

आयोगले ७ सय ५३ स्थानीय तहमा मतदाता नामावली सङ्कलन गर्न प्राविधिकलाई एक महिनाका लागि करारमा नियुक्ति गरेर खटाउन लागेको छ ।

मतदाता नामावली सङ्कलन हिमाल र पहाडमा २० दिन चल्नेछ भने तराईमा ३० दिन चल्नेछ । एउटा स्थानीय तहमा कम्तीमा १० दिन र बढीमा १५ दिनसम्म मतदाता नामावली सङ्कलन गरिने आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]