२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दियामा उपचारको निहुँमा नावालिकमाथि बलात्कार गरेको आरोपमा एक बृद्ध पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक २९, २०७८

ABC (क्राईमबिट)
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार बिगत १ वर्षदेखि मृगी छारे रोगको उपचार गराई रहेकी नाबालिकालाई गत कात्तिक २३ गतेको बिहान १० बजे ती बृद्धले आफ्नै घरमा करणी गरि रहेको अवस्थामा अर्को उपचारमा आएको विारमीले भेट्टाएपछि फरार भएका थिए ।

घटनापछि आफु प्रहरी नियन्त्रणमा पर्ने त्रासले भागेका उनी गत २४ गते भारततर्फ भाग्दै गरेका अबस्थामा राजापुर नगरपालिका वडानं. ९ भिम्मापुरबाट पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार प्रहरी नियन्त्रणमा रहेका ती बृद्धले १५ वर्ष भन्दा अगाडि गाँउ घरमा ज्याला मजदुरी तथा मिस्त्रि काम गर्ने गरेका उनले आफ्नै घरमा मृर्गीरोग, पिनास ,टाउको दुख्ने , सर्पले टोकेको ब्यक्तिलाई जडिबुटीबाट उपचार गर्दै आएको पाईको छ ।

यसैगरी उनले सर्पले टोकेको विरामीको उपचार गरेको ५ हजार, पिनासको ५ हजार र मृगी (छारे) रोगको ८ हजार लिने गरेको, हप्तामा मंगलबार मात्र उपचार गर्ने गरेको, जडिबुटी संबन्धी औपचारिक अध्ययन नभएको, स्थानीय जडिबुटीहरुको धूलो बनाई औषधीको रुपमा दिने गरेको अनुसंन्धानबाट खुलेको बताए ।

यसैबीच बर्दिया प्रहरीले सरकारी कागजात किर्ते मुद्दाको फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाएको छ । बर्दिया जिल्ला अदालत गुलरियाका २०७५ बैशाख २७ गतेको फैसला आदेशले सरकारी कागजात किर्ते मुद्दामा १ महिना कैद र ५० रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी जिल्ला बर्दिया ठाकुरबाबा–१ भुरिगाँउका चन्द्रबहादुर सुनारलाई नियन्त्रणमा लिएर अदालतमा बुझाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।