२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङबाट पक्राउ परेका नेकपा विप्लबका १९ जना कार्यकर्ताहरु रिहा

Logo
प्रकाशित मंगलबार, कार्तिक ३०, २०७८

ABC (क्राईमबिट)
दाङ । देउखुरीबाट पक्राउ परेका विप्लबका १९ जना कार्यकर्ता रिहा भएका छन् । धानखोला र भालुवाङबाट पक्राउ परेका १९ जना कर्यकर्ता बेलुकी ५ बजे पछि रिहा भएको पार्टीका राप्ती गाउँपालिका इन्चार्ज एकराज चौधरीले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङले भालुवाङबाट ७ जना र इलाका प्रहरी कार्यालय गढवाले धानखोला क्षेत्रबाट १२ जना गरी १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारी साधन माथि ढुंगामुढा गर्ने, बाटो बन्द गर्न खोज्ने, अराजक गतिविधि देखाउन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

भालुवाङबाट यसरी पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका वडा नम्बर १ बस्ने समिर परियार, सोही वडाका कृष्ण पुन, वडा नम्बर ५ का नवराज विक, वडा नम्बर ४ का पुस्कर सुनार, सोही वडाकै गौरव भट्टराई, वडा नम्बर २ का अधिक गुरुङ, सोही वडाका मधुन चौधरी रहेका थिए ।

त्यसैगरी धानखोला क्षेत्रबाट पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका वडा नम्बर १ का होमबहादुर केसी, सोही ठाउँका मोहन गिरी, वडा नम्बर ९ का नरेन्द्र पुन, सोही वडाका शंकर घर्ती, प्रकाश सुनार, पदम खनाल, दिपेन्द्र पुन, आयुष थापा, कणर्बहादुर राना, राज केसी, मनोज कुमाल र पुरन पुन रहेका थिए ।

पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिको बिरोधमा नेत्रविक्रम चन्द ९विप्लव० समुहले गरेको नेपाल बन्दका कारण दाङ लगायत देउखुरीका मुख्य बजार सुनसान रहेका थिए । देउखुरीका लमही, गढवा, भालुवाङ, सिसहनिया बजार पूणर्रुपमा बन्द भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]