१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

प्रहरी प्रधान कार्यालयले १७ जना इन्स्पेक्टरहरुकाे काज सरुवा

Logo
प्रकाशित शुक्रबार, मंसिर ०३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको काज सरुवा भएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले १६ जना इन्स्पेक्टरहरुको काज सरुवा निकालेको हो।काज सरुवामा इन्स्पेक्टर अनिल ठकुरीलाई महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठ पठाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निवास र अन्य भीआईपीहरुको बसोबास भएकाले उक्त बूढानीलकण्ठ क्षेत्रलाई प्रहरीभित्र संवेदनशील क्षेत्र मानिन्छ।

बुढानिलकण्ठमा कार्यरत इन्स्पेक्टर राजकुमार तामाङको जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सरुवा भएको छ।
त्यस्तै अर्को आकर्षक ठाउँ खानीखोलामा अपूर्व ढुंगानाको सरुवा भएको छ। इलाका प्रहरी कार्यालय खानीखोला धादिङलाई प्रहरीमा आकर्षक ठाउँको रुपमा लिइन्छ। खानीखोलाकी इन्चार्ज रुपा थापाको पनि सरुवा भएको छ।यस्तै, नवीन कुमार थापा क्षेत्रको रुपन्देहीको इलाका प्रहरी कार्यालयका सरुवा भएको छ।इन्स्पेक्टर शोभा पाण्डेयको संघीय प्रहरी इकाइ कार्यालय रुपन्देही, संघीय प्रहरी इकाइ कार्यालय, पोखराका युवराजंग कार्कीको इलाका प्रहरी कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय लुम्बिनीमा रहेका रवीन्द्र महतको प्रहरी प्रधान कार्यालय, कानुन शाखा, नक्सालमा सरुवा भएको छ।

यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत जीवन लामिछानेको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देही र त्यहाँ कार्यरत चक्रबहादुर डम्बर पालको जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा भएको छ।जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत केशव केसीको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र त्यहाँ कार्यरत दिवस बहादुर जिसीको प्ररही प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत तेजबहादुर खत्रीको इलाका प्रहरी कार्यालय मर्चवार, रुपन्देही र त्यहाँ कार्यरत अमृत भण्डारीको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा सरुवा भएको प्रधान कार्यालयले जनाएको छ।कर्णाली प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं. १ सुर्खेतमा कार्यरत राजाराम यादवको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीमा र त्यहाँ कार्यरत देवेन्द्र कुमार मल्लको लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण कोहलपुर बाँकेमा सरुवा भएको छ।अन्लाईन न्युज 7

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!