२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीका असई तिर्थ भाटको कमान्डमा ५ लाखको अवैध लत्ताकपडा पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर ०६, २०७८


ABC (क्राईमबिट)
बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले भारतबाट भन्सार छली गरेर खजुरा हुँदै ल्याउँदै गरेको अवैध लत्ताकपडा पक्राउ गरेको छ । सशस्त्र प्रहरी बाँके ३० गणका एसपी अशोक बमले जानकारी दिएका छन् ।

बिशेष सूचनाका आधारमा सोमबार बिहान ४ बजे सहायक निरीक्षक भाटको कमान्डमा गएको टोलीले खजुरा गाउँपालिका वडा नम्बर ७ सिमलघारीबाट भारतबाट लुकाईछिपाई नेपालगन्ज ल्याउँदै गरिएको ५ लाख ५८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र एसपी बमले बताए ।

सशस्त्र प्रहरी एसपी बमका अनुसार बरामद गरिएका अवैध लत्ताकपडामा २ लाख ८८ हजार रुपैयाँ बराबरको सुटपाइन्टको २८८ थान कपडा र २ लाख ७० हजार रुपैयाँ बराबरको ९० पिस बिवाहामा लगाउने साडी रहेका छन् ।

बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आबश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी एसपी बमले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]