२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

साउदीमा १ नेपालीको बिचल्ली उद्घार गरिदिन नेपाल सरकारलाई आग्रह…

Logo
प्रकाशित बुधबार, मंसिर ०८, २०७८

(बिबश रसाईली)
दमाम । वैदेशिक रोजगारीको लागी साउदी अरब पुगेका एक नेपाली युवाको बिचल्ली भएको छ । ड्राईभिंग भिषामा साउदी पुगेका पोखराका केशव रुचाल सम्झौता अनुसारको काम नपाएर मरुभुमीमा भेडा चराउने काममा परेपछि उनको बिचल्ली भएको छ ।बिगत उनी ११ महिना अघि गल्फ ओभासिज बाट डाइभिङ्ग काम भनी साउदी गएका थिए ।केसब रुचाल साउदी गए पछि डाईभिङ्ग काम नपाए पछी साउदीको मरभुमीमा अहिले भेडा चराउन बाध्यभएको बताउछ्न।

साउदी मरुभुमीको ठाउँमा निकै कष्टकर पोख्दै उनले आफुलाई नेपाल झिकाईदिन साउदी स्थिति नेपाल दूतावास , तथा साउदी मा रहेको संघ संस्थालाई आग्रह गरेका छन् । आफुलाई धिमाल गुरुङ भन्ने मान्छले गल्फ ओभरसिज मार्फत साउदी पठाएको उनको भनाई छ । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्विर र भिडियोका अनुसार उनि साउदीको निर्जन मरुभुमीमा जिबन विताईरहेको बताए । आफु साउदी ईरान बोर्डर नजिक रहेको उनले बताएकाछन् ।

केशब रुचालको घरमा ७५ वर्षिया वृद्धा आमा र एकजना अपांग दिदि रहेको र उनको श्रीमती आफु साउदी आएको ८ महिना पछी अर्कै पुरुष संग पोईला गएको उनले बताए ।

उनी एक संगितकार हु भनी बताए ।गायक समेत रहेका रुचाल म्युजिक भिडियो बनाउँदा ऋणमा डुबेपछि खाडीमुलुक आएका थिए । उनले आफ्नो वाटसप नम्बर दिदै साउदी नेपाली दूतावास तथा साउदीमा रहेको संघ संस्थालाइ स्वदेस फर्काईदिन समेत आग्रह गरेका छ्न्।
वाटसप नम्बर +966-502158978
सिधा कलको लागि +966502158978

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]