१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सुनसहित १ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । त्रिभुवन विमानस्थलबाट १ सय २४ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको बाला १ थान र औँठी २ थान सहित ताप्लेजुङ लिङखिम-७ स्थायी वतन भएका २२ वर्षीय जिबन लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरेमा जाँच गर्ने क्रममा इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई उक्त धातु अबैध रुपमा लुकाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी भन्सार कार्यालय र विमानस्थल प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!