२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरीको दीक्षान्त समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवाको निरीक्षण

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत दीक्षान्त समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भएको छ । सो समारोहका प्रमुख अतिथि रहेका प्रधानमन्त्री देउवाको सम्मानमा दीक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरूद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष इज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो । प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरूलाई समेत पुरस्कार प्रदान गरेका थिए ।

दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थापनाको छोटो अवधिमा नै सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको वीरता तथा राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै कर्तव्यपालनको सिलसिलामा आफ्नो प्राणको आहुति दिएका सहिद सशस्त्र प्रहरीको योगदानको स्मरण गर्नुकासाथै घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति तथा कार्यसम्पादनमा चुस्त, दुरुस्त तथा थप प्रभावकारी ढङ्गले परिचालित हुन समयानुकूल आवश्यक ऐन तथा नियम तर्जुमाका साथै आवश्यक साधन श्रोतहरूको व्यवस्थापनमा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिभावकत्व तथा पहलकदमी प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

सो समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राईले तालिम समापन पश्चात् कार्यक्षेत्र प्रवेश गर्न लागेका दीक्षित अधिकृतहरूलाई शब्दोच्चारण मार्फत सपथ ग्रहण गराएका थिए । करिब १५ महिना अवधिको उक्त आधारभूत तालिम ४ जना महिलासहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक चन्द्रबहादुर लामा, सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक प्रकाश कुमार शाही र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक सन्दीप भट्ट उत्कृष्ट भएका छन् । कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति तथा कार्यसम्पादनमा चुस्त, दुरुस्त तथा थप प्रभावकारी ढङ्गले परिचालित हुन समयानुकूल आवश्यक ऐन तथा नियम तर्जुमाका साथै आवश्यक साधन श्रोतहरूको व्यवस्थापनमा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिभावकत्व तथा पहलकदमी प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

सो समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राईले तालिम समापन पश्चात् कार्यक्षेत्र प्रवेश गर्न लागेका दीक्षित अधिकृतहरूलाई शब्दोच्चारण मार्फत सपथ ग्रहण गराएका थिए । करिब १५ महिना अवधिको उक्त आधारभूत तालिम ४ जना महिलासहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक चन्द्रबहादुर लामा, सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक प्रकाश कुमार शाही र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक सन्दीप भट्ट उत्कृष्ट भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]