१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

नेपाली काङ्ग्रेस दाङ जिल्लाको सभापतिमा शंकर डाँगी निर्वाचित

Logo
प्रकाशित आइतबार, मंसिर १२, २०७८


(ABC-Sanchar)
दाङ । सभापति पदकालागि ४ जना उमेद्वार रहेकोमा हिजो भएको मतदानबाट कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेका कारण धेरै मत ल्याउने २ जनामा आज मतदान हुने कार्यक्रम थियो ।

चार जना मध्य धेरै मत ल्याउने शंकरप्रसाद डाँगी र भुुपबहादुर डाँगी बीच आज फेरी चुनाब हुने कार्यतालिका रहेको थियो । तर भुपबहादुर डाँगीले उमेद्वारी फिर्ता लिदै शंकरप्रसाद डाँगी सभापतिमा निर्वाचित भएको घोषणा गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस निर्वाचन कार्यालयलाई पत्र लेख्दै भुपबहादुर डाँगीले आफुुले पेश गरेको सभापति पदको उमेद्वारी फिर्ता लिदै सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएको जानकारी गराउनुुभएको छ ।

सभापतिका उमेद्वारहरु शंकरप्रसाद डाँगीले ७ सय ७६, भुुपबहादुर डाँगीले ५ सय ४६, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्राप्त गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]