२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं त्रिभुवन विमानस्थलबाट ९ किलो सुन पक्राउ

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ ।

झिटीगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।

सोमबारदेखि भन्सार कायालयले यात्रुले ल्याउने सुनमा राजश्व संकलन गर्न कडाई थालेको थियो । बिहीबारसम्म गरी चार दिनमा यसरी भित्रिएको सुनको परिमाण ५६ किलो नाघेको छ ।

बिहीबार अघिल्लो दिन सुन बोकेर आउनेहरु २४१ जनाले आफ्नो सुन राजश्व तिरेर लगेका छन् । यसरी ११ किलो ४० ग्राम सुन भन्सारबाट पास हुँदा राजश्व एक करोड ९ लाख ९३ हजार रुपैयाँ संकलन भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।