(तेज वली)
तुल्सीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट जस्पुर जादै गरेको रा १ ह २९११ नम्बरको अटो गएराती ११ बजे दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटो चालक तुलसीपुर उपमहानगरपालिका १२ बस्ने ३५ वर्षीय गंगाराम केसी रहेका छन् । अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।।