२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल एयरलाइन्सले खतराजन्य पदार्थ ढुवानी गर्न पाउने अनुमति पायो

Logo
प्रकाशित सोमबार, मंसिर २०, २०७८

(ABC-Sanchar)
काठमाडौँ । नेपाल वायुसेवा निगम
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको छ । आज (सोमबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमका बिच निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थको ढुवानी अनुमति प्रमाणपत्र जारी गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री प्रेम आलेले आफूले मन्त्रालय अनावश्यक खर्च कटौती गर्दै लागको दाबी गरे । नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले नेपाली ध्वजावाहक जहाजलाई नाफामा लैजाने चाहना राखेको बताए ।

‘वायु सेवा निगम नेपाली जनताले तिरेको राजस्वबाट खडा भएको हो, यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ,’ उनले भने, ‘हामी चाहान्छौं कम भन्दा कम खर्च गरेर नेपाल ध्वजावाहक जहाज नाफामा जाओस् ।’

अहिले पनि ५० अर्ब भन्दा बढी ऋण रहेको भन्दै उनले ९ प्रतिशत हामीले ब्याज तिरिराख्नु पर्ने अवस्था चिन्ताजनक भएको उल्लेख गरे । ‘निगमले किस्ता तिर्न र ब्याज तिर्न सकेका छैन । यस्तै समस्या समाधान गर्नका लागि म यहाँ आएको छु’ उनले भने ।

मन्त्री आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको उल्लेख गरे । खतराजन्य पदार्थ आयात-निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उनले बताए ।

‘व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुन्थ्यो । सामान ल्याउँदा कम्तीमा अब सोझै आउन सक्ने भयो । त्यो पनि एउटा उपलब्धि हो’ उनले भने । उनले यात्रु नभएको फ्लाइट पनि यस्ता पदार्थ बोक्दा नाफा हुने बताए ।

आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसङ्गति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]