२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

खजुरा गापाका हाकिम खराल र लेखा अधिकृत सुनार यौन दुर्व्यवहारको आरोपमा पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर २२, २०७८

ABC (क्राईमबिट)
बाँके । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।
गत शुक्रबार पिकनिकको क्रममा दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए । सोही बिषयलाई लिएर बुधबार गाउँपालिकाका युवाहरुले गाउँपालिका कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।
नाराबाजी गर्दै गर्दा इलाका प्रहरी कार्यालय खजुराका ठूलो संख्यामा प्रहरी पुगेको थियो । अहिले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल, लेखा अधिकृत सुनारसहित पीडित पक्षलाई इलाका प्रहरी कार्यालय धनौलीका लगिएको छ । सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेका अनुसार इलाका प्रहरी कार्यालय धनौलीले दुबै पक्षलाई राखेर घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]