१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

गृहमन्त्री बालकृष्ण खाणले राजीनामा दिदै यस्तो छ कारणहरु

Logo
प्रकाशित बिहिबार, मंसिर २३, २०७८

(ABC-Sanchar)
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले राजीनामा दिने संकेत गरेका छन । बुधबार विहान देउवा निवास बूढानीलकण्ठमा देउवा पक्षले महाधिवेशनको चुनावी रणनीति र पदाधिकारीमा दाबी प्रस्तुतका लागि बैठक राखेको थियो ।

सो बैठकमा पनि खाणले २२ वर्षदेखि निरन्तर केन्द्रीय कार्यसमिति रहेको भन्दै अब महामन्त्री बन्न चाहेको बताएका थिए ।

खाण सरकारको सेकेन्ड म्यान (गृहमन्त्रीसहित दोस्रो वरियता) समेत रहेको हुनाले महामन्त्रीमा अर्को नेतालाई अवसर दिनुपर्ने देउवा समूहबाटै आवाज उठेको छ ।

सरकारभन्दा बाहिर भएका नेताहरु मध्येबाट महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने मापदण्ड तय गर्न सभापति देउवामाथि दबाब छ । तर, खाणले महामन्त्रीको उम्मेदवार बन्नका लागि आफू गृहमन्त्री छोड्न तयार रहेको रातोपाटीलाई बताए ।

देउवा पक्षबाट महामन्त्रीका सशक्त दाबेदार मानिएका गृहमन्त्री खाणले भने, ‘म महामन्त्रीको उम्मेदवार हुनका लागि गृहमन्त्री छोड्न तयार छु । प्रधानमन्त्रीज्यूले गृहमन्त्रीमा पार्टीका कुनै साथीहरुलाई जिम्मेवारी दिन सक्नुहुन्छ । म त्यसका लागि तयार छु ।’

आफ्नो पहिलो प्राथमिकता र रोजाइ पार्टीको महामन्त्री नै भएको खाणको भनाइ छ । ‘गृहमन्त्री र पार्टीको महामन्त्रीमध्ये मेरो रोजाइ महामन्त्री हो ।

महामन्त्रीको उम्मेदवार पनि मै, गृहमन्त्री पनि मै भइराख्नुपर्छ भन्ने छैन’ खाणले रातोपाटीसँग भने, ‘पार्टीले मलाई दिएको जिम्मेवारी पार्टीका कुनै अरु साथीहरु लागि दिए हुन्छ, यसमा मेरो आपत्ति र गुनासो हुँदैन ।’

सभापति देउवाले अहिलेको परिस्थिति र अवस्थामा हेरेर महामन्त्रीको उम्मेदवार अगाडि सार्ने खाणले बताए । ‘अहिलेको परिस्थिति र अवस्थामा कुन व्यक्तिलाई अगाडि सार्दा उपयुक्त हुन्छ, पार्टी सञ्चालन र यो महाधिवेशन गर्नका लागि उहाँलाई के गर्दा सहज हुन्छ, त्यहीअनुसार महामन्त्री छनोट गर्नुहुन्छ,’ खाणले भने, ‘त्यो छनोटलाई हामीले सहजतापूर्वक लिन्छौं । उहाँले उपयुक्त पात्रको छनोट गर्नुहुन्छ ।’

देशभरिका कार्यकर्ताले महामन्त्रीका लागि आफूलाई उपयुक्त पात्रका रुपमा लिएको खाणको दाबी छ । ‘देशभरिका कार्यकर्ताले दाइ लामो सयमदेखि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ, तपाईंका पालामा हामी सदस्यहरु विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर आइरहेका छौं,’ खाणले कार्यकर्ताहरुको भनाए उधृत गर्दै भने, ‘तपाईं महामन्त्रीमा प्रस्तुत हुनुस्, पार्टीलाई सबल र सुदृढ गराउनका लागि पनि हामीलाई उत्साह र उर्जा थप्छ भनेर भनिराख्नुभएको छ ।’महामन्त्रीमा आफ्नो दाबी स्वभाविक रहेको खाणको भनाइ छ । देउवा सभापति भएको अवस्थामा खाण समानुपातिक सांसद, संसदीय दलको प्रमुख सचेतक र गृहमन्त्रीसमेत बनेकाले पदाधिकारीमा अरुले नै अवसर पाउनुपर्ने तर्क पनि देउवा समूहमा जबरजस्त उठिरहेको छ ।

यसबारे खाणले भने, ‘२०४८, २०६४ र ०७० सालमा गरी तीन पटक निर्वाचित सांसद भएको थिएँ । हाम्रो पार्टीमा तीनपटक पनि समानुपातिक सांसद भएका साथीहरु हुनुहुन्छ । उहाँप्रति मेरो सम्मान नै छ ।

प्रमुख सचेतक मैले चाहेकै थिइनँ । मेरो स्वभाव र शैलीले प्रमुख सचेतकको भूमिका निर्वाह गर्छु जस्तो लाग्दैन भन्दा पनि जिम्मेवारी दिनुभएको हो ।’

वर्तमान सरकार निर्माणमा आफ्नो योगदानअनुरुप गृहमन्त्रीको जिम्मेवारी पाएको बताउँदै खाणले भने, ‘संसदीय दलको प्रमुख सचेतक हुँदा हामीले अन्य राजनीतिक पार्टीका सांसद र नेताहरुसँग संवाद गर्यौं ।

नयाँ सहमतिका लागि वातावरण बनायौं । पछिल्लो राजनीतिक वातावरण बनाउने कुरामा हाम्रो पनि त भूमिका होला नि त । अन्य राजनीति दलसँग संवाद गरेर काँग्रेस नेतृत्वको सरकार बनाउने क्रममा संसदीय दलको प्रमुख सचेतकको पनि त भूमिका होला नि त ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!