२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

महिला प्रहरीको गुनासो तालिमदेखि नै हामीलाई बोझको रुपमा ठानिन्छ विभेद हुन्छ

Logo
प्रकाशित बिहिबार, मंसिर २३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका महिला प्रहरी अधिकारीले आफूहरुलाई कार्यालयमा पुरुष प्रहरी कर्मचारीले बोझको रुपमा ठान्ने गरेको गुनासो गरेका छन् । १६ दिने लैंगिक हिंसाविरुद्ध महिला प्रहरीसँग अन्तत्र्रिmया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरुमा गरेको अन्तक्र्रिया कार्यक्रममा महिला प्रहरी अधिकारीले भौतिक सुविधा पनि राम्रो नरहेको बताएका छन् । कार्यक्रम एक महिला प्रहरी अधिकारीले भनिन्, ‘कतिपय ठाउँमा चेन्जिङ रुम, महिलाका लागि छुट्टै शौचालय, ब्यारेकको व्यवस्था छैन, त्यसका कारण हामी महिला प्रहरी कर्मचारीलाई समस्या हुने गरेको छ ।’

उनका अनुसार कतिपय ठाउँमा यी भौतिक संरचना भए पनि टाढा हुने गरेको छ । यस्तै, महिलाका समस्या बुझ्ने कार्यालय प्रमुख नभएको उनीहरुको गुनासो छ ।

कार्यालयमा दोहोरो अर्थ लाग्ने कुरा गर्ने गरेको, शिशु स्याहार केन्द्र नभएको, पारिवारिक जीवन अस्त व्यस्त रहेको, तालिमदेखि नै महिलालाई विभेद (बोलिवचन, भौतिक पूूर्वाधारमा) भएको उनीहरुको भनाइ छ ।

तालिम, महिला तथा बालबालिकाविरुछ हुने अपराध अनुसन्धान तालिम गर्न नपाएको, जिन्सी सामान महिलामैत्री र पर्याप्त मात्रामा नभएको महिला प्रहरी कर्मचारीले बताएका छन् । जिन्सी सामानमा बुट, टप बुट साईजको नपाएको साथै थर्मकोट पुरुषले प्रयोग गर्ने मात्र वितरण गरेको पनि उनीहरुले जनाएका छन् । सवारी साधनमा स्कुटर नहुँदा पनि महिला प्रहरी कर्मचारीलाई अप्ठ्यारो पर्ने गरेको उनीहरुको भनाइ छ ।

सासु ससुरा वित्दा क्रिया बिदा पाउने गरेको तर आमा बुवा वित्दा नपाएको, आवश्यक कारण हुँदा पनि बिदा नपाएको, बेतलबी बिदा दिन अप्ठयारो मान्ने गरेकोजस्ता समस्या उनीहरुले अन्तक्र्रियामा राखेका थिए ।

महिला कर्मचारीहरुले वृत्त स्तरमा महिला प्रहरी निरीक्षक हुनुपर्ने, महिला प्रहरीलाई पनि २४ घण्टा डिउटी राख्नु पर्ने तथा रात्रीकालीन डिउटी राख्नु पर्ने, कार्यालय प्रमुखको रुपमा कार्य गर्न अवसर पाउनु पर्ने जस्ता सुझाव दिएका छन् ।

 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले १६ दिने लैंगिक हिंसाविरुद्धको अन्तक्र्रिया कार्यक्रममा व्यक्त भएका गुनासा र सुझावलाई प्रहरी प्रधान कार्यालयले गम्भीर र प्राथमिकताका साथ लिने बताए । ‘महिला प्रहरीमाथि यदि हिंसाका घटना भएको जानकारी प्राप्त भएमा हामीले ‘अन द स्पट’ कारबाही गर्छौं,’ उनले भने, ‘यस्तै, दोहोरो अर्थ लाग्ने बोली, व्यवहार, यौन दुव्र्यवहार भएमा त्यसको उजुरी आएपछि कारबाही गर्छौं ।’

 

भौतिक सुविधालाई पनि महिलामैत्री बनाउन प्रहरी प्रधान कार्यालयले प्राथमिकतामा राखेको कुँवरले जानकारी दिए । उनले भने, ‘भौतिक संरचना तथा कार्यालयलाई महिलामैत्री बनाउन त्यसैअनुसारको संरचना निर्माणलाई प्राथमिकतामा राखेका छौं । नयाँ संरचना महिलामैत्री बनाउने र पुरानामा पनि त्यस किसिमका संरचना थप्ने काम गर्दै आएका छौं ।’ हाल प्रहरीमा कुल प्रहरीको ११ प्रतिशत अर्थान् करिब ८ हजार महिला प्रहरी कर्मचारी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।