२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया राष्ट्रिय निकुञ्जले शिकार गर्ने हातहतियार सहित ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, मंसिर २४, २०७८

ABC (क्राईमबिट)
बर्दिया । राष्ट्रिय निकुञ्ज बर्दियामा शिकार गर्न पुगेका चार जनालाई निकुञ्जका सुरक्षाकर्मीले पक्राउ गरेका छन् । निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षाको लागि तैनाथ नेपाली सेनाको संयुक्त टोलीले मंगलबार निकुञ्जको चिउरीबाँस वन क्षेत्रबाट चारै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका–५ का २७ वर्षिय लक्ष्मण गिरी, ६२ वर्षिय भद्र बहादुर वली, ५६ वर्षिय ठगबहादुर थापा र २२ वर्षिय ललित घर्ती रहेका छन् ।

चारै जना वन्यजन्तुको चोरी शिकारी गर्ने उदेश्यले अबैध हातहतियारसहित बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका थिए । निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त टोलीले उनीहरुको साथबाट तीन नाल भरुवा बन्दुक, ४१ थान गोली, १ सय ग्राम छर्रा, ३ सय ग्राम बारुद, १५ वटा केप, ४ वटा हाँसिया, साइकलमको ३७ थान छर्रा, १ थान रेती र ५ वटा सलाई बरामद गरेको निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]