२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अनुमति नलिइ नेपालमा अवैध रुपमा प्रवेश गर्ने २ जना भारतीय प्रहरी पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २५, २०७८

ABC (क्राईमबिट)
धनगढी । खक्रौला नाकाबाट भारतीय HR31P8779 नम्बरको गाडीमा टीकापुर प्रवेश गरेका हरियाणामा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख (डीएसपी) प्रकाश सापकोटाले भारतीय प्रहरी हवलदार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारलाई पक्राउ गरिएको जानकारी दिए ।

बिहीबार एउटा मुद्धाको अनुसन्धानका लागि सीमा क्षेत्रसम्म पुगेका उनीहरु झुक्किएर नेपाल प्रवेश गरेकोमा टीकापुर नगरपालिका-९ मा मोटरसाइकललाई ठक्कर दिएपछि दुवै जना पक्राउ परेका थिए ।

प्रहरी नायब उपरीक्षक सापकोटाले टीकापुर–९ को झुगामा स्थानीय इन्दलकुमार गोडिया सवार मोटरसाइकललाई ठक्कर दिएपछि गाडीसहित पक्राउ परेका उनीहरु भारतीय प्रहरी भएको खुलेको जनाए ।

घाइते गोडियाको अवस्था समान्य छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरु प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको बताए ।

दुवै जनाले घाइतेको उपचारमा लाग्ने खर्च व्यहोर्ने प्रतिबद्धता जनाएपनि भन्सार शुल्क नतिरेर प्रवेश गरेको सन्दर्भमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई छाडिने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]