२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु अमेरिककामा आपतकाल घोषणा

Logo
प्रकाशित आइतबार, मंसिर २६, २०७८


(ABC-Sanchar)
न्युयोर्क। अमेरिकाको केन्टुकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ। आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ।

आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ। आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टुकीमा आपतकाल घोषणा गरिएको छ।

आँधीले दर्जनौ भवनमा क्षति पु–याएको छ। रुख तथा पोल ढल्दा सडक अबरुद्ध भएका छन्। राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]