२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इप्रका तुलसीपुरका डिएसपीको कमान्डमा ब्राउन सुगरसहित १० जना पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर २९, २०७८


ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले मंगलबार तुलसीपुर बजार तथा आसपासका बिभिन्न क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
लागुऔषध किन्नकै लागि बजारमा चोरी बढेको भन्दै प्रहरीले बिभिन्न स्थानमा छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवसी २१ बर्षीय विरबहादुर विक, तुलसीपुर ८ कृष्णमन्दिर निवासी २५ बर्षीय अमर गन्दर्भ, तुलसीपुर १ भमके निवासी ३३ बर्षीय बिरबल बिरकट्टा, सल्यान कुमाख गाउँपालिका वडा नं. २ खानीखोला घरभई तुलसीपुर ५ पातुखोला टेक्सीपार्क बस्ने २८ बर्षीय बिरबहादुर चलाउने रहेका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बेलझुण्डी बस्ने २३ बर्षीय कैलास सुनार, सोही ठाउँका २३ बर्षीय बसन्त राना, तुलसीपुर १ का २२ बर्षीय विनोद भण्डारी, तुलसीपुर ५ बस्ने २४ बर्षीय देविराज हल्वाई, तुलसीपुर ९ बस्ने २४ बर्षीय एकजार डाँगी र तुलसीपुर ५ बस्ने २६ बर्षीय मानबहादुर विकलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार तुलसीपुरमा ब्राउन सुगरले बिकृति फैलिएको छ । प्रायः युवाहरु नै बढि कुलतमा फसेकाले समाजमा बिभिन्न अपराधिक क्रियाकलाप पनि बढिरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । यसको निकारणका लागि प्रहरीले बिशेष अभियान चलाएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]