२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

धनगढीको एयरक्राफ्ट म्युजियम संग्रहालय नेपालगन्जमा स्थापना

Logo
प्रकाशित शुक्रबार, पुष ०२, २०७८

(महेन्द्र सिंह)
बाँके । सुदूरपश्चिम धनगढीमा बैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको उक्त वायुयान संग्रहालय नेपालगन्ज सारिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा राखिएको एयर क्राप्ट म्युजियमका सामानमा रमाउँदै बालबालिका ।

वायुयान संग्रहालय क्याप्टेन बेद उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ९ वर्षअघि धनगढीमा स्थापना गरेका थिए । ‘अब नेपालगन्ज –१२ को बेलासपुरमा उक्त वायुयान संग्रहालय राखिंदै छ । ‘माघको पहिलो साता उद्घाटन गर्ने गरि सञ्चालन तयारीमा रहेको चिल्ड्रेन पार्कमा म्युजियम राखिएको हो,’ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘१० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउन म्युजियम राखिएको हो ।’

धनगढीमा म्युजियम राखिएको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियमलाई नेपालगन्ज ल्याइएको क्याप्टेन उप्रेतीलाई उद्धृत गर्दै वडाध्यक्ष सुवेदीको भनाइ छ । ‘धनगढीमा राम्रो को–अपरेट भएनछ, हामीले आफन्तमार्फत थाह पाएपछि नेपालगन्जका लागि राम्रो हुने ठानेर पहल लिएका हौं,’ वडाध्यक्ष सुवेदीले भने, ‘मासिक न्यूतत्तम भाडामा १० वर्षका लागि सम्झौता गरिएको छ ।’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा राखिएको एयर क्राप्ट म्युजियमका सामानमा रमाउँदै बालबालिका ।
झन्डै डेढ करोड रुपैयाँ लगानीमा ९ वर्षअघि स्थापना गरिएको वायुयान संग्रहालयका लागि काम भइरहेको छ । त्यसका लागि त्यतिबेलानै ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई म्युजियम बनाइएको थियो । उक्त विमानका सामान नेपालगन्ज ल्याइसकिएको छ । वायुयान संग्रहालयमा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिनेछन् ।

वायुयान संग्रहालयका लागि विमानका सामानहरु ल्याइएपछि हेर्नेहरुको लर्काे बेलासपुरमा देखिन्थ्यो । खासगरि बालबालिकाको संख्यानै निर्माणाधिन चिल्ड्रेन पार्कमा बढिरहेको देखिन्छ । नेपालगन्जका नगर प्रमुख डा. धवल शम्शेर राणाको सहमतिमा वायुयान संग्रहालयका लागि करिब ७ कठ्ठा जग्गा प्रयोग गर्न दिइएको हो । दैनिक नेपालगन्ज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]