२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा शीतलहर जारी यो वर्षकै बढी चिसो घामको देखिन छोडेयो

Logo
प्रकाशित सोमबार, पुष ०५, २०७८


(महेन्द्र सिंह)
बाँके । पछिल्लो केही दिनदेखि चलेको शीतलहर​सँगै आज बाँकेमा यो वर्षकै सबैभन्दा बढी चिसो अनुभव भएको छ । शीतलहर चिसोका कारण केही ठाँउमा जनजीवन प्रभावित बनेको छ ।

सोमबार बिहानैदेखि चलेको चिसो हावाको कारण घर बाहिर निस्किन समेत कठिनाइ भएको छ । अत्यधिक चिसोले घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत समस्या भैरहेको स्थानीयहरुले बताएका छन् । सोमबार यो वर्षकै सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय मापन गरेको छ ।
आज बिहानको न्युनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार साँझको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस मापन गरिएको प्रमुख बताएका छन् ।

आजको न्युनतम तापक्रम यो वर्षकै सबभन्दा कम रहेको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ ।

शीतलहर​सँगै आज बिहानैदेखि बाँके दाङ कपिलवस्तु रौतहट,बारा,पर्सा,सर्लाही लगायतका जिल्लामा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुको कारण सवारीसाधन आवागमनमा समेत कठिनाइ भैरहेको देखिएको छ । शीतलहरसंगै बढेको चिसोले सबभन्दा बाढी वृद्ध अवस्थाका मानिस र बालबालिका बढी प्रभावित हुने गरेको जिल्ला अस्पतालले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]