२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

इन्सपेक्टर लक्ष्मी पाण्डेको सक्रियतामा हतियारधारी लुटेरा भाग्दै गर्दा पक्राउ

Logo
प्रकाशित बुधबार, पुष ०७, २०७८

ABC (क्राईमबिट)
नवलपरासी । गैंडाकोट-प्रहरीको प्रो एक्टिभ पुलिसिङले पेशेवर लुटेराहरु रंगेहात पक्राउ परेका छन्। पेस्तोल देखाएर गहना लुटेर भाग्दा भाग्दै तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो।

सोमबार पूर्वी नवलपरासीको गैंडाकोटमा तीन जनाले गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भागेका थिए। उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले तत्कालै पक्राउ गरेको हो।इप्रका गैंडाकोटकी इन्सपेक्टर लक्ष्मी पाण्डे नेतृत्वको टोलीले लुटेरालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका–१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका–१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]