(नन्दु यादव)
नवलपरासी । प्रहरीले अहिले फरार अभियुक्त लाई धमाधम खाेजि गर्दै पक्राउ गर्न थालेकाे छ ।विभिन्न मुद्दाका फरार अभियुक्त लाई खाेजतलास गर्दै पक्राउ गर्न थालिएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रहरी प्रमुख (एसपि)मनाेज कुमार यादवले जानकारी दिनु भयाे ।२०७८/८/२८गते देखि थालिएकाे अपरेसनबाट १०दिनमा ६९जना लाई पक्राउ गर्न सफल भएकाे वहाले बताउनु भयाे। बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका बाली विगो मुद्धाका ,कुटपिट मुद्धाका, लुटपिट मुद्धाका अंशवण्डा मुद्धाका , गाली बेईज्यती मुद्धाका , जाल साझी मुद्धाका ,वन मुद्धाका ,लागुअाैषध अाेसारपसार मुद्दा लगायत विविध मुद्धाका अभियुक्तहरु लाई पक्राउ गरिएकाे छ । जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट , सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट , बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट , प्रतापपुर गाउँपालिका अन्तर्गतको एरियाबाट र सुस्ता गाउँपालिका अन्तर्गतको एरियाबाट फरार अभियुक्त पक्राउ गरीएको हो। पक्राउ गरिएका ६९जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही हुने बताईएकाे छ ।अझैपनि जिल्लामा अभियुक्त फरार रहेकाे ले खाेजतलास भईरहेकाे यादवले बताउनु भयाे ।