१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न अयोगको प्रस्ताव

Logo
प्रकाशित शुक्रबार, पुष ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १४ गते एकै पटक सबै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ।शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुसँगको छलफलमा आयोगका पदाधिकारीहरुले उक्त प्रस्ताव गरेका हुन्।

वैशाख १४ गते एकैपटक निर्वाचन गर्दा आर्थिक मितव्ययिता, सुरक्षा व्यवस्थापन, मतदाता शिक्षा सामग्रीलगायत सबै कुरामा एकरुपता र सहज हुने पदाधिकारीहरुको सुझाव रहेको छ। साथै, कुनै कारणवश एकैपटक निर्वाचन गर्न नसके १४ र २२ वैशाखमा निर्वाचन गर्न सकिने आयोगका पदाधिकारीहरुले सुझाव दिएका छन्।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरुको पदावधि ५ जेठमा समाप्त हुँदैछ।आगामी स्थानीय निर्वाचनमा आयोगले निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ।

आयोगका पदाधिकारीहरुसँगको छलफलपश्चात प्रधानमन्त्री देउवाले सबै दलहरुसँग छलफल गरेर यसबारे निर्णय गरिने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]