१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

रेस्टुरेन्टमा नास्ता खाने क्रममा घोराही कारगारका नाइके परियार भागेको सिसिटिभी फुटेजमा देखियो

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

ABC (क्राईमबिट)
दाङ । यसअघि प्रहरीले अस्पतालबाट भागेका भनिएका घोराही कारागारका नाइके जयराम परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको तथ्य फेला परेको छ।

घोराहीस्थित प्याडाइज रेष्टुराँमा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फुटेजमा देखिएको छ।

प्रहरीले परियार भागेको दृश्य कैद भएको फुटेज पनि शुक्रबार नै लगिसकेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फुटेज हेर्दा चरम लापरबाही देखिएको बताए। सरासर अस्पताल नलगेर किन रेष्टुराँमा नास्ता खान लगिनुले चरम लापरबाही र मिलेमतो स्पष्ट रुपमा देखिन आएको एसपी काफ्लेले टिप्पणी गरे। ‘हामी अनुसन्धान पूरा गरेपछि तथ्य कुरा सार्वजनिक गर्छौं,’ एसपी काफ्लेले भने, ‘दोषी जोकोही भए पनि हामी कसैलाई छोड्दैनौं।’

कर्तव्य ज्यानमुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका घोराही कारागारका नाइकेलाई उपचारका लागि भनेर अस्पताल लैजाँदा हतकडी पनि लगाइएको थिएन ।
परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै लु३४प ४१० नम्बरको मोटरसाइकलमा राखेर उपचार गराउन भनेर बिहीबार बिहान ११ बजेतिर अस्पताल हिँडाएका थिए।

तर, अस्पताल नपुग्दै उनीहरू रेष्टुँरामा नास्ता खान पसेको र त्यही मौका छोपी परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको जानकारी दिइएको छ। यसअघि प्रहरीले अस्पतालबाट परियार भागेको जानकारी दिएको थियो।

स्रोतका अनुसार कारागारका नाइकेलाई हतकडी लगाउने चलन छैन।

कुनै पनि बिरामी नरहेका परियारलाई किन अस्पताल उपचारका लागि लगिएको हो भन्ने कुरा नै रहस्यमय रहेको एसपी काफ्लेले बताए।

जिल्ला कारागार घोराहीका जेलेर युवराज परियारले भने रिपोर्टिङका आधारमा छाला सम्बन्धी उपचार गराउनका लागि नाइके परियारलाई उपचारका लागि पठाउनु परेको बताउँदै आएका छन्।

कारागारका नाइके परियार भागेपछि कारागार प्रशासन र प्रहरीका बीचमा आरोप-प्रत्यारोप चल्न थालेको छ। एकले अर्कोलाई कमजोरी तथा लापरबाही गरेको हुँदा परियार भाग्न सफल भएको दोषारोपण गर्न थालेका छन्।

यसैबीच, प्रहरीले प्रहरी जवान चौधरीसहित थप तीन जना सर्वसाधारणलाई परियारलाई भगाउन भूमिका खेलेको भन्दै नियन्त्रणमा लिएको छ। एसपी काफ्लेले अन्यको पनि त्यसमा मिलेमतो देखिएको र उनीहरूको पहिचान खुले पनि फरार रहेकाले खोजी जारी रहेको जानकारी दिए। प्रहरीले शुक्रबार मात्रै परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल लमही बजारभन्दा केहीमाथि जंगलमा फेला परेको जानकारी दिएको छ।

प्रहरीले फरार परियारको खोजी तीब्र पारिएको तथा भारत प्रवेश गर्ने नाकाहरू पनि सिल गरिसकेको बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

error: Content is protected !!