ABC (क्राईमबिट)
बाँके । सोमबार बिहान पौने १० बजे नेपालगञ्जको जमुनाह नाकामा लागूऔषधसहित लम्कीचुहा नगरपालिका ४ कैलालीका २४ बर्षीय कर्ण बोगटीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको हो ।
शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका बोगटीलाई चेकजाँचका क्रममा लागूऔषध १० पिस नाइट्रोभेट टयावलेट, २१० पिस ट्रामाडोल र २१५ पिस फेनिरामाट्रन एमिल ल्याउँदै गरेको अवस्थामा जमुनाह प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
पक्राउ परेका कैलालीका बोगटीसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले बताएको छ । आइतबार साँझ पनि जमुनाह प्रहरी र लागू औषध नियन्त्रण ब्यूरोको संंयुक्त टोलीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको थियो ।