२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके जिल्ला ट्राफिक प्रमुखको कार्यभार हिमालय शाहले सोमबारदेखि सम्हाले

Logo
प्रकाशित सोमबार, पुष १२, २०७८


(महेन्द्र सिंह)
बाँके । प्रहरी प्रधान कार्यालयद्धारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा गरेर पठाइएका प्रहरी निरिक्षक हिमालय शाहले सोमवार जिल्ला ट्राफिक प्रहरीमा हाजीर भएर कार्य शुरु गर्ने भएको छ ।
उहाँलाई बाँके ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा सम्हाल्दै आउनु भएका प्रहरी नायव निरीक्षक सिद्दी गणेश शाह लगायत अन्य प्रहरीहरुले स्वागत गर्नु भएको थियो ।
कार्यभार सम्हाले लगत्तै त्यहाँ उपस्थित ट्राफिक प्रहरीहरुलाई सम्बोधन गर्दै जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबैले मिलेर उल्लेखनीय कार्य गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले बाँके जिल्लाको ट्राफिक दैनिक रुपमा बृद्धि हुँदै गएको र त्यसमाथि नेपालगञ्जजस्तो ठुलो सहरको ट्राफिक व्यवस्थापन चुनौतीपुर्ण रहेकोले सो व्यवस्थापनका लागि योजना र रणनिति बनाएर जाने बताउनु भएको थियो ।
बाँके ट्राफिक प्रमुख रुपमा प्रहरी निरीक्षक शाहलाई प्रहरी प्रधान कार्यालयले केही दिन अघि सरुवा गरेको थियो। यसअघिका ट्राफिक प्रमुख ऐन बहादुर मल्लको प्रहरी नायब उपरीक्षकमा बढुवा भएपछि खाली रहँदै आएको स्थानमा प्रहरी निरीक्षक शाह आउनु भएको हो । प्रहरी निरीक्षक शाह लामो समयदेखि प्रधानमन्त्री शेरबहादुर देउवाका अङ्गरक्षक हुनुहुन्थ्यो ।
संगठनप्रति इमान्दारीका साथ कार्य गर्ने प्रहरी निरीक्षक शाहले बाँकेको भौगोलिक र सामाजिक अवस्था राम्रोसँग बुझेकाले ट्राफिक प्रहरीको कमाण्ड सम्हाल्न सहज हुने र बाँके ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।
मल्लको बढुवापछि एक महिनादेखि बाँके ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा प्रहरी नायव निरीक्षक सिद्दी गणेश शाहले सम्हाल्दै आउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]