(ABC-Sanchar)
पर्सा । भारतको महावाणिज्य दूतावास वीरगंज ध्दारा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ।
आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत र अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गताका समस्याहरू बुझ्ने प्रवर्द्धन र सहयोग परिचालनको आवश्यकतालाई बुझाउन वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास द्वारा डिसेम्बर 27, 2021 मा वाणिज्य दूतावासको परिसरमा कार्यक्रम सम्पन्न भएको थियो।
“Disability : Legal Provisions and Societal Norms (दिव्यांगता: कानूनी प्रावधान और सामाजिक मानदंड) शीर्षकमा प्यानल सम्बन्ध मा छलफल भएको थियो । प्यानलमा रोटरी क्लब अफ बीरगंजका सदस्य श्री अभिषेक चौधरी, डा आनन्द झा, बालरोग विशेषज्ञ एवंम् रोटरी क्लब अफ बीरगंजका सदस्य, डा. शास्वत प्रसाद अर्थोपेडिक सर्जन एवंम् वीरगन्जको रोटरी लिम्ब प्रोजेक्टका प्रमुख, श्रीकृष्ण जी, रक्सौल सुन्दरपुरको लिटिल फ्लावर कुष्ठरोग कल्याणकारी संघका सचिव, श्री जोन थो, रक्सौलमा डंकन अस्पतालको सामुदायिक पुनर्स्थापना परियोजनाका इन्चार्ज, वीरगन्जको मानव सेवा आश्रमका संयोजक सुश्री सानु गुरुङ र भारतका कन्सुल जनरल श्री नितेश कुमार। छलफलमा महावाणिज्य दूतावासका अधिकृत तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यस कार्यक्रममा प्यानलका सदस्यहरूले आ-आफ्ना संस्थाहरू – मानव सेवा आश्रम, लिटिल फ्लावर कुष्ठरोग संघ, रोटरी क्लब र डङ्कन अस्पताल जस्ता संस्थाहरूले भारत-नेपाल सीमा क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको उपचार, पुनर्स्थापना र कल्याणमा काम गरिरहेको भूमिकामा प्रकाश पारे का थिए।
अपाङ्गता भएका व्यक्तिलाई समान अधिकार र अवसर सुनिश्चित गर्नका लागि सरकारले बनाएका विभिन्न ऐन–नियमका बारेमा पनि जानकारी दिए ।
कन्सुल जनरल श्री नितेश कुमार द्वारा यस विषयमा आफ्नो भिन्न र जानकारीमूलक विचारका लागि सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए
अपाङ्गता भएका व्यक्तिहरूका लागि भारत सरकारका Unique Disability Identity (UDID) जारी गर्ने लगायत विभिन्न कार्यक्रम तथा योजनाहरू बारे प्रकाश पारेका थिए।
उनले विश्वका विभिन्न स्थानमा रहेका असंख्य अपाङ्गता भएका व्यक्तिले कडा परिश्रम र इच्छाशक्ति द्वारा मानसिक तथा शारीरिक अपाङ्गतालाई सफलतापूर्वक पार गरेको बताए ।