२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा कैदी फरार प्रकरणमा पक्राउ पर्ने क्रम जारी जेलर सहित ९ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८


ABC (क्राईमबिट)
दाङ । घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुख सहित ९ जना पक्राउ परेका छन् । गत बुुधबार कारागारका नाईके यामराम परियार भागेपछि प्रहरीले जेलर र सुरक्षाकर्मी सहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, कैदी परियार सँग होटलमा गएका महिलाहरु विपासा चौधरी, समि चौधरी, परियारले बजारमा भेट गरेका सौरभ खनाल, भानुुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् ।

जेलर सहित पक्राउ परेका प्रहरीहरु निलम्बनमा परेका छन् । उनिहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप समेत गरेर हिरासतमा राखिएको छ । छालाको उपचारका लागि भन्दै काराबारबाट निस्कीएका प्रहरी जवान धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगई होटलमा पुुगेका थिए । थकाली होटलमा दुुई जना महिला सहित पुुगेका उनिहरु मध्य परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुुनेर भागेका हुन् ।

उनको अहिले सम्म कुनै अत्तोपत्तो छैन् । कारागार प्रशासन र सुरक्षा संयन्त्रको चमर लापर्वाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्न देखिएका सबैलाई अनुसन्धानको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । यसअघी पक्राउ परेका कारागारका कार्यालय सहयोगी अर्जुन चौधरीलाई भने सम्पर्कमा आउने सर्तमा रिहा गरिएको छ । जेलर युवराज परियार पुस ६ गतेदेखी १३ गते सम्म बिदा बसेको समयमा पनि ८ गते कार्यालय आएर कैदी परियारलाई अस्पताल जान अनुुमती दिएको खुुलेको छ । जस्का कारण प्रहरीले मिलेमतो मै कैदी भगाएको निष्कर्ष सहित अनुसन्धानलाई अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]