१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

बर्षा र हिमपात चिसो अत्याधिक बढ्यौं

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

(ABC-Sanchar)
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा हिमपात सुरु भएको छ । प्रदेशका बिभिन्न जिल्लाका बिभिन्न स्थानमा बुधबार बिहानैदेखि हिमपात भएपनि डडेल्धुरा सदरमुकाममा भने बेलुकाबाट वर्षासंगै हिमपात सुरु भएको हो ।
डडेल्धुरासहित घना जंगल र उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्याधिक चिसो बढेको छ ।
डडेल्धुरा लगायत बैतडी, डोटी, बझाङ, बाजुरा र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भएसंगै चिसो बढेको हो ।
यता, कैलालीमा भने रातिदेखि सिमसिम बर्षा भइरहेको छ । वर्षासंगै यहाँ पनि चिसो अत्याधिक बढेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशभर पानी परेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]