२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बर्षा र हिमपात चिसो अत्याधिक बढ्यौं

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

(ABC-Sanchar)
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा हिमपात सुरु भएको छ । प्रदेशका बिभिन्न जिल्लाका बिभिन्न स्थानमा बुधबार बिहानैदेखि हिमपात भएपनि डडेल्धुरा सदरमुकाममा भने बेलुकाबाट वर्षासंगै हिमपात सुरु भएको हो ।
डडेल्धुरासहित घना जंगल र उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्याधिक चिसो बढेको छ ।
डडेल्धुरा लगायत बैतडी, डोटी, बझाङ, बाजुरा र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भएसंगै चिसो बढेको हो ।
यता, कैलालीमा भने रातिदेखि सिमसिम बर्षा भइरहेको छ । वर्षासंगै यहाँ पनि चिसो अत्याधिक बढेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशभर पानी परेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]