१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपालगन्ज विमानस्थलबाट एक किलो सुनको बिस्कुटसहित प्रहरीले २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज उपमहानगरपालिका २० मा रहेको विमानस्थल छेउको एक होटलबाट प्रहरीले सुनको एक किलोको बिस्कुटसहित बुधबार राती दुई जनालाई नियन्त्रणमा लिएको हो ।

अबैध सुनको कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले सुन जस्तो देखिने पहेलो रंगको धातुसहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

प्रहरीले बरामद गरेको एउटा सुनको बिस्कुटमा गोल्ड एक किलो देखिएको छ । पक्राउ पर्नेहरुमा जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ६ का २२ वर्षीय राजु कार्की र वडा नम्बर ८ का २९ वर्षीय पूर्णबहादुर विक रहेका छन् ।

उनीहरुको साथबाट सुनसहित दुई लाख सतहत्तर हजार नगद र चार लाख रुपैयाँको चेक समेत बरामद भएको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीले केही महिनाअघि मात्र नेपालगन्ज विमानस्थलबाट ४ किलो बढी सुन बरामद भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!