०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

नेपालगन्ज विमानस्थलबाट एक किलो सुनको बिस्कुटसहित प्रहरीले २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज उपमहानगरपालिका २० मा रहेको विमानस्थल छेउको एक होटलबाट प्रहरीले सुनको एक किलोको बिस्कुटसहित बुधबार राती दुई जनालाई नियन्त्रणमा लिएको हो ।

अबैध सुनको कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले सुन जस्तो देखिने पहेलो रंगको धातुसहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

प्रहरीले बरामद गरेको एउटा सुनको बिस्कुटमा गोल्ड एक किलो देखिएको छ । पक्राउ पर्नेहरुमा जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ६ का २२ वर्षीय राजु कार्की र वडा नम्बर ८ का २९ वर्षीय पूर्णबहादुर विक रहेका छन् ।

उनीहरुको साथबाट सुनसहित दुई लाख सतहत्तर हजार नगद र चार लाख रुपैयाँको चेक समेत बरामद भएको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीले केही महिनाअघि मात्र नेपालगन्ज विमानस्थलबाट ४ किलो बढी सुन बरामद भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!