२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीका इन्सपेक्टर र असई भर्नामा ५० प्रतिशत मापदण्ड नियम लागू हुने

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको इन्सपेक्टर र असइ भर्नामा नयाँ मापदण्ड लागू हुने भएको छ । अब रिक्त पदमध्ये ५० प्रतिशत भर्नाबाट तथा ५० प्रतिशत बढुवाबाट पदपुर्ती हुने भएको छ । हाल भर्नाबाट ६० प्रतिशत पदपुर्ती हुन्छ । यसले तल्लो तहका प्रहरीको करिअरमा समस्या भएपछि संशोधन हुन लागेको हो । हाल मन्त्रिपरिषद्को समितिमा रहेको प्रहरी नियमावली संशोधनको मस्यौदामा यो प्रावधान राख्न लागिएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए । सोही नियमावलीमा पेन्सनको न्यूनतम अवधि १६ वर्ष बनाउन लागिएको छ । सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सइ पद थप्ने निर्णय त यसअघि नै भइसकेको छ । १६ वर्षे पेन्सन र भर्नामा ५०–५० को मापदण्ड पनि राख्ने विषयमा छलफल चलिरह…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]