०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

सशस्त्र आईजी शैलेन्द्र खनालद्वारा सशस्त्र प्रहरी महानिरीक्षक कप २०७८ को ट्रफी प्रदान

Logo
प्रकाशित शनिबार, पुष १७, २०७८

i
ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक आईजी शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजना गरिएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ को शुक्रबार विशेष कार्यक्रमकाबीच समापन गरे । सो प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कास्य पदकसहित कुल ५ पदक प्राप्त गरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ बिजयी भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ का बिजयी सो टिमलाई ट्रफी तथा ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे । सोही अवसरमा उनले अन्य टिम तथा खेलाडीहरुलाई पदक तथा पुरस्कार समेत प्रदान गरे ।

सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठन भित्र छरिएर रहेका प्रतिभावान खेलाडीको पहिचान गरी राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न समेत यो प्रतियोगिता फलदायी रहने बताए ।

खेलकुदले सामूहिक भावनाको विकास गर्ने तथा मानसिक एवं शारिरीक रुपमा स्वस्थ्य रहन खेलकुद अपरिहार्य रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने-‘व्यक्तिगत स्वार्थलाई थाती राखेर जनताको सेवा, सुरक्षा र भरोसाको केन्द्र बन्न सुरक्षाका साथै राष्ट्रको गौरव बढाउन खेलकुद पनि एक उत्कृष्ट माध्यम हो । उनले उच्च हिमाली भेगदेखि पहाड र तराईका आम नागरिकहरुको सुरक्षा गर्ने जिम्मा हामी सुरक्षाकर्मीहरुको काँधमा रहेको हुनाले प्रत्येक तह र तप्काका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले एउटा अभिभावकीय भूमिका निर्वाह गरी वर्तमान समयमा गरेका कार्यहरुको सकारात्मक परिणामलाई निरन्तरता दिदै आउदो पिँढीलाई समेत यो संस्कार दिनुपर्ने बताए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले खेलकुद क्षेत्रले राष्ट्र र रािष्ट्रय अखण्डताको जगेर्ना गर्ने मात्र नभई व्यक्तिगत जीवनमा समेत अनुशासित, इमान्दार तथा लगनशील रहन ठूलो भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी, रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राई, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र नेपाल हेड केल्मी स्पोर्टसका प्रबन्धक उत्तम न्यौपानेले समेत विभिन्न खेलका बिजयी टिम तथा खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गरे ।सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित उक्त प्रतियोगिता यही पुस १२ गतेदेखि संचालन भएको थियो । फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ टिमको सहभागिता रहेको थियो ।

‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ को आज भएको फुटबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बिजयी भएको छ । सो बाहिनीले सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयलाई ३-० ले पराजित गरी फुटबलतर्फको उपाधि हात पारेको हो ।

यसैगरी बिहीबार सम्पन्न भएको भलिबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयलाई २५-१७, २२-२५, २३-२५, २५-१६ र १५-१२ ले पराजित गरी विजयी भएको हो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रीय समितिले फागुन ५ गते देशभर नेपाल बन्दको घोषणा गरेको छ। पार्टीले माघ २०८२ मा जारी गरेको विज्ञप्तिमार्फत विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक माग अघि सार्दै बन्द आह्वान गरेको हो। पार्टीका अनुसार आसन्न फागुन २१ गते हुने संसदीय चुनाव साम्राज्यवादी डिजाइन अन्तर्गत अघि बढाइएको दाबी गर्दै उक्त चुनाव स्थगित […]

काठमाडौं । आसन्न निर्वाचनका लागि सरकारले भर्ना गरेका एक लाख ५० हजार निर्वाचन प्रहरी मैदानमा खटिएका छन् । कतिपयले निर्वाचन प्रहरीको पोशाक पाइसकेका छन् भने कतिपय जिल्लाहरुमा पाउने क्रम जारी रहेको छ । विभिन्न जिल्लाका प्रहरीका युनिटहरुले भर्ना गरेका निर्वाचन प्रहरीलाई सम्बन्धित प्रहरी इकाइहरुले खटाउँछ । निर्वाचनका लागि भर्ना गरिने सुरक्षा कर्मीलाई यसअघि म्यादी प्रहरी […]

रोल्पा । तालिमका क्रममा निर्वाचन प्रहरीलाई कु*ट्ने दुई प्रहरीजवान कार*बाहीमा परेका छन् । रोल्पामा प्रशिक्षणका क्रममा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि बिनाकारण कु*टपिट गर्ने प्रहरी जवानद्वय आरके खड्का र तिलक घर्ती मगरलाई विभागीय कार*बाही गरिएको छ । प्रशिक्षणका क्रममा यी दुईले सोमबार बेलुकी कुट*पिट गरेपछि १६ जनालाई उपचारका लागि अस्पताल नै पुर्याउनु परेको […]

error: Content is protected !!