०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

नेपाली सेनामा ठुलो संख्यमा सेकेन्ड लेफ्टिनेन्ट पदका लागि भर्ना खुल्यो

Logo
प्रकाशित आइतबार, पुष १८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले एक विज्ञापन प्रकाशन गर्दै भर्ना खोलेको जनाएको हो ।

उक्त सेकेन्ड लेफ्टिनेन्टका लागि आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद निर्धारण गरिएको छ । दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

नयाँ खोलिएको सेकेन्ड लेफ्टिनेन्टको विज्ञापनमा १२० जना, कर्तव्य पालनाको सिलसिलामा ज्यान गएका सैनिकका परिवारका लागि ६, महिला २१, आदिबासी जनजाती ३३, मधेसी २९, दलित १५ जना र पिछडिएको क्षेत्रबाट ५ जना माग भएको छ ।

शैक्षिक योग्यताका हकमा प्रमाणपत्र तह उत्तिर्णका लागि २१ बर्ष ननाघेको र स्नातक तह उत्तिर्णका लागि २४ बर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रीय समितिले फागुन ५ गते देशभर नेपाल बन्दको घोषणा गरेको छ। पार्टीले माघ २०८२ मा जारी गरेको विज्ञप्तिमार्फत विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक माग अघि सार्दै बन्द आह्वान गरेको हो। पार्टीका अनुसार आसन्न फागुन २१ गते हुने संसदीय चुनाव साम्राज्यवादी डिजाइन अन्तर्गत अघि बढाइएको दाबी गर्दै उक्त चुनाव स्थगित […]

काठमाडौं । आसन्न निर्वाचनका लागि सरकारले भर्ना गरेका एक लाख ५० हजार निर्वाचन प्रहरी मैदानमा खटिएका छन् । कतिपयले निर्वाचन प्रहरीको पोशाक पाइसकेका छन् भने कतिपय जिल्लाहरुमा पाउने क्रम जारी रहेको छ । विभिन्न जिल्लाका प्रहरीका युनिटहरुले भर्ना गरेका निर्वाचन प्रहरीलाई सम्बन्धित प्रहरी इकाइहरुले खटाउँछ । निर्वाचनका लागि भर्ना गरिने सुरक्षा कर्मीलाई यसअघि म्यादी प्रहरी […]

रोल्पा । तालिमका क्रममा निर्वाचन प्रहरीलाई कु*ट्ने दुई प्रहरीजवान कार*बाहीमा परेका छन् । रोल्पामा प्रशिक्षणका क्रममा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि बिनाकारण कु*टपिट गर्ने प्रहरी जवानद्वय आरके खड्का र तिलक घर्ती मगरलाई विभागीय कार*बाही गरिएको छ । प्रशिक्षणका क्रममा यी दुईले सोमबार बेलुकी कुट*पिट गरेपछि १६ जनालाई उपचारका लागि अस्पताल नै पुर्याउनु परेको […]

error: Content is protected !!