१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नेपाल प्रहरीको जवानदेखि एसएसपी सम्म ३ सय ६७ विरुद्ध उजुरी

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयले तयार गरेको गत साउनदेखि मंसिरसम्मको पाँच महिनाको तथ्यांकले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीविरुद्ध ३ सय ६७ उजुरी दर्ता भएको देखाएको हो। साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा प्रहरी कर्मचारीको कार्यसम्पादनमा प्रश्न उठाउँदै ३ सय ६७ उजुरी विभिन्न निकायमा दर्ता भएको हो।

तीन एसपीसहित ११ सय ४५ प्रहरीमाथि कारबाही

यसरी आएका उजुरी अनलाइन प्रणाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको सचिवालय तथा हेलो सरकारमार्फत परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

उनका अनुसार अनलाइनमार्फत ४०, अख्तियारमार्फत ३९, अन्य तरिकामार्फत २, गृह मन्त्रालयमार्फत ३६, पत्रपत्रिकामार्फत ३, प्रहरी महानिरीक्षकको सचिवालयमार्फत ९१ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ९हेलो सरकार०मार्फत १ सय ५६ उजुरी प्रहरी कर्मचारीविरुद्ध परेको हो।

उजुरीमध्ये १ सय ३८ वटा विषय अझै छानबिनका क्रममा रहेको र २ सय २९ वटा उजुरीको छानबिन सकिएको छ। गत वर्षको यही अवधिमा भने प्रहरी कर्मचारीविरुद्ध भने ३ सय ८१ उजुरी दर्ता भएको थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने उजुरी दर्ता ३ दशमलव ६७ प्रतिशतले घटेको तथ्यांक देखाउँछ।यसरी आएका उजुरीको छानबिन गर्दा यो अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कर्मचारीले सजाय पाएको प्रहरी प्रधान कार्यालय बताउँछ। सजाय पाउनेमा प्रहरी उपरीक्षक (एसपी) तीन जना, प्रहरी नायब उपरीक्षक (डीएसपी) चार, प्रहरी निरीक्षक (इन्स्पेक्टर) १२, प्रहरी नायब निरीक्षक (सई) ४६ र प्रहरी सहायक निरीक्षक (असई) ४६ जना छन्।

यसैगरी, ३ सय ५ जना हबल्दार, ६ सय ७५ प्रहरी जवान र १४ प्रहरी कार्यालय सहयोगीले सजाय पाएका छन्।प्रहरीले यही अवधिमा १ हजार ९ सय ८० जना प्रहरी कर्मचारीलाई पुरस्कार पनि दिएको छ। पुरस्कार पाउनेमा एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी), ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २१ जना एसपी, ७७ जना डीएसपी, १ सय ६४ जना इन्स्पेक्टर, २ सय ४६ जना सई र २ सय ८८ जना असई, ४ सय ४१ हबल्दार, ७ सय ३३ जवान र तीन जना कार्यालय सहयोगी छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!