२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

नेपाल प्रहरीको जवानदेखि एसएसपी सम्म ३ सय ६७ विरुद्ध उजुरी

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयले तयार गरेको गत साउनदेखि मंसिरसम्मको पाँच महिनाको तथ्यांकले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीविरुद्ध ३ सय ६७ उजुरी दर्ता भएको देखाएको हो। साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा प्रहरी कर्मचारीको कार्यसम्पादनमा प्रश्न उठाउँदै ३ सय ६७ उजुरी विभिन्न निकायमा दर्ता भएको हो।

तीन एसपीसहित ११ सय ४५ प्रहरीमाथि कारबाही

यसरी आएका उजुरी अनलाइन प्रणाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको सचिवालय तथा हेलो सरकारमार्फत परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

उनका अनुसार अनलाइनमार्फत ४०, अख्तियारमार्फत ३९, अन्य तरिकामार्फत २, गृह मन्त्रालयमार्फत ३६, पत्रपत्रिकामार्फत ३, प्रहरी महानिरीक्षकको सचिवालयमार्फत ९१ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ९हेलो सरकार०मार्फत १ सय ५६ उजुरी प्रहरी कर्मचारीविरुद्ध परेको हो।

उजुरीमध्ये १ सय ३८ वटा विषय अझै छानबिनका क्रममा रहेको र २ सय २९ वटा उजुरीको छानबिन सकिएको छ। गत वर्षको यही अवधिमा भने प्रहरी कर्मचारीविरुद्ध भने ३ सय ८१ उजुरी दर्ता भएको थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने उजुरी दर्ता ३ दशमलव ६७ प्रतिशतले घटेको तथ्यांक देखाउँछ।यसरी आएका उजुरीको छानबिन गर्दा यो अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कर्मचारीले सजाय पाएको प्रहरी प्रधान कार्यालय बताउँछ। सजाय पाउनेमा प्रहरी उपरीक्षक (एसपी) तीन जना, प्रहरी नायब उपरीक्षक (डीएसपी) चार, प्रहरी निरीक्षक (इन्स्पेक्टर) १२, प्रहरी नायब निरीक्षक (सई) ४६ र प्रहरी सहायक निरीक्षक (असई) ४६ जना छन्।

यसैगरी, ३ सय ५ जना हबल्दार, ६ सय ७५ प्रहरी जवान र १४ प्रहरी कार्यालय सहयोगीले सजाय पाएका छन्।प्रहरीले यही अवधिमा १ हजार ९ सय ८० जना प्रहरी कर्मचारीलाई पुरस्कार पनि दिएको छ। पुरस्कार पाउनेमा एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी), ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २१ जना एसपी, ७७ जना डीएसपी, १ सय ६४ जना इन्स्पेक्टर, २ सय ४६ जना सई र २ सय ८८ जना असई, ४ सय ४१ हबल्दार, ७ सय ३३ जवान र तीन जना कार्यालय सहयोगी छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!