२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

कारागारबाट कैदी फरार प्रकरणमा प्रहरी जवान सहित २ जना कारागार चलान

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८

ABC (क्राईमबिट)
दाङ । जिल्ला अदालत दाङका न्यायाधिस हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनिहरु सँग होटलमा गएकी तुलसीपुर उपमहानगरपालिका ३ की समी चौधरीलाई पुुर्पक्षका लागि कारागार चलान गरेको हो ।

सोमबार भएको थुनछेक बहसमा कारागारका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीलाई १० हजार र प्रहरी हवल्दार गणेशकुुमार थारुलाई ५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । त्यसैगरी, थकाली भान्साघरका सञ्चालक घोराहीका सौजन्य खनाल र घोराही १६ की विपशा चौधरी साधारण तारेखमा छुुटेका छन् । पक्राउ परेकाहरु बिरुद्ध कैदी भागे भगाएको शिर्षकमा मुुद्धा दायर भएको थियो । कारागारका जेलर युवराज परियार गत शुुक्रबार नै छुटिसकेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!