११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

बर्दियामा करेन्ट लागेर हात्तीको मृत्यु भएको आशंका: डिभिजनल बन

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

(महेन्द्र सिंह)
बर्दिया । करेन्ट लागेर हात्तीको मृत्यु भएको आशंका गरिएको छ । जिल्लाको राजापुर नगरपालिका वडा नंवर १० ढुंडिपुरमा भाले हात्ती मृत फेला परेको छ । मृत फेला परेको हात्तीको सुंड र खुट्टामा जलेको जस्तो कालो घाउ देखिएकोले हात्तीलाई करेन्ट लागेको आशंका गरिएको छ । हात्तीको मुखबाट फिँज निस्किएको देखिन सकिन्छ ।

डिभिजन बन कार्यालय बर्दियाका प्रमुख डिभिजनल प्रवीण बिडारी, सशस्त्र प्रहरी कार्यालय, बिओपी भग्रैयाका प्रहरी निरीक्षक अस्मित चौहान मगर, सशस्त्र बन रक्षकको टोली, राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राबिधिक टोली, बर्दिया राष्ट्रिय निकुञ्जको टोली घटनास्थलमा रहेको छ ।

डिभिजन बन कार्यालय बर्दियाका प्रमुख डिभिजनल प्रवीण बिडारीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्वाइजनिङ पनि हुन सक्छ करेन्ट लागेर मृत्यु भएको पनि हुन सक्छ, अनुसन्धान हुँदैछ, वास्तविक कारण भने पोस्टमार्टम पछि मात्र थाहा हुने छ ।”घटनाको बारेमा ११ बजे थाहा भएको र तत्पश्चात आफुहरु घटनास्थलमा आएको बताउँदै उहाँले भन्नुभयो, “हामी आएर हात्तीको शव छाम्दा तातो थियो, स्वस्थ वयस्क हात्ती हो भन्ने प्रारम्भिक अनुसन्धानमा थाहा भयो, अब थप अनुसन्धान हुँदैछ । नाप जाँच मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का उठाउँदै छौँ । पोस्टमार्टम पछि सबै कुरा थाहा हुन्छ ।”

पोस्टमार्टम गर्नकालागी प्रकृति संरक्षण कोषको टोली घटनास्थलमा पुगेको छ । पोस्टमार्टम पछि मृत्युको कारण खुल्ने घटनास्थलमा रहेका अधिकारीहरुले जानकारी दिए ।

मंगलबार, पुस २०, २०७८ गते आज बिहान तोरी बारीमा स्थानियले मृत अवस्थामा हात्तीलाई देखेपछि डिभिजन बन कार्यालय बर्दियालाई जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

काठमाडौँ । यस वर्ष साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि काठमाडौँको पशुपतिनाथ लगायत देशभरका विभिन्न शिवालयहरूमा पूजाआराधना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिव मन्दिरमा दर्शनका लागि पुगेका छन्। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरेको छ। साउन […]

error: Content is protected !!