२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सिआइबीको न्यायाधीशलाई पक्राउ पुर्जी

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले यो साता बालुवाटारस्थित सरकारी निवासको जग्गा हिनामिनासम्बन्धि मुद्दाको अनुसन्धान टुंगाउँदैछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा करिब दोब्बर आरोपीलाई मुद्दा दायर गर्ने सिआइबी तयारी छ ।

धेरैलाई पक्राउ गर्न नसकेपनि मुद्दा दायर भने हुने सम्भावना देखिएको छ । सरकारबाट हस्तक्षेप नभएमा करिब चार सय जनाविरुद्ध मुद्दा दायरको फाइल तयार भएको छ । जसमा विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएका व्यक्तिहरू समेत परेका छन् ।

सिआइबीले हालसम्म करिब तीन सय जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । जसमा एकजना न्यायाधीशसमेत छन् । न्यायधीश विनोद गौतमविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको छ । यसअघि उनी निलम्बनमा परिसकेका छन् ।

भौतिक योजना मन्त्रालयमा कानूनको उपसचिवको रुपमा कार्यरत रहँदा उनी यसमा मुछिएका हुन् । त्यतिबेला प्रधानमन्त्रीनिवास विस्तार आयोजनाको नाममा जग्गा हिनामिना भएको थियो । त्यतिबेला दीप बस्न्यात सचिव थिए ।

त्यस्तै बालुवाटारको जग्गा किन्ने ठूला व्यापारीहरू समेत प्रतिवादी बन्दैछन् । गोविन्दलाल सांघाई, मनोज केडिया, मिनबहादुर गुरुङ, सञ्जय चाचन, सिपिका खेतान, कैलाशचन्द्र गोयललगायतका व्यापारी पनि पर्ने निश्चित भएको छ । जिल्ला सरकारी वकिल कार्यालयबाट आफ्नो नाम हटाउन केही व्यापारी भने चलखेलमा छन् । सिआइबीले मन्त्रालयका तत्कालिन सचिवसम्मलाई प्रतिवादी बनाएर साढे १३ अर्ब बिगोसहितको मुद्दा दायर गर्ने तयारी गरेको छ । दृष्टिन्युजबाट.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।