१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नवलपरासी प्रहरीले व्यापारीको हत्या घटनामा संलग्न ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, पुष २१, २०७८

ABC (क्राईमबिट)
नवलपरासी । बिगत ६ महिना अगाडि नवलपरासी सरुवा भई अाउनु भएका एसपि मनाेज कुमार यादवले नवलपरासी का तस्कर लाई तह लगाउदै फरार अभियुक्त हरुलाई धमाधम नियन्त्रणमा लिन थालिएकाे देखिएकाे छ ।निकै कडाईका साथ कामकारबाही मा प्रस्तुत हुँदै शान्ति सुरक्षा बिषयमा कुनै किसिमकाे कसैसग सम्झाैता गर्न नसकिने बताउदै वहा अाउनु भएकाे छ।निकै कडाईका साथ अाफ्नाे मातहतका सबै प्रहरी युनिटहरुका ईन्चार्ज लाई समयसम्म कडारुपमा निर्देशन दिदै अाउनु भएकाे छ ।यसै गरि वहाकाे कडा अप्रेसनबाट ३जना हत्यारालाई प्रहरीकाे फन्दामा लिन सफल हुनुभएकाे छ । गत असोज महिनामा भएको एक व्यापारीको हत्या घटनामा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
घटना भएकाे प्रहरीले ६ महिनापछि पक्राउ गर्न सफल भएको सूचना अधिकारी डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।

शव भने अहिलेसम्म बरामद हुन सकेको छैन । प्रहरीका अनुसार गत असोज ६ गते पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–३ पिडरहनीका ४० वर्षीय गोविन्द धोवीको हत्या भएको सुचना अधिकारी शाहिले जानकारी दिनु भयाे ।

पक्राउ परेका अभियुक्तको बयानका आधारमा प्रहरीले मुख्य योजनाकार बर्दघाट नगरपालिकाको मझौनीस्थित न्यू ड्रिम एकेडेमी स्कुलका सञ्चालक मुन्ना कहाँर रहेको पत्ता लगायो तर उनी फरार छन् ।
सामान्य व्यवसाय गर्ने गोविन्दसँग रकम भएकोले अपहरण गरी फिरौती रकम असुल गर्ने मुन्नाको योजनामा हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

हत्याको घटनामा संलग्न भई पक्राउ पर्नेमा रामग्राम नगरपालिका–२ दुर्गा टोलका २६ वर्षीय सुदीपकुमार केवट, सुस्ता गाउँपालिका–१ वनदेवीका ३५ वर्षीय वीरबहादुर राजभर र बर्दघाट नगरपालिका मझौनीका सुरेन्द्र कहाँर छन् ।

सुरेन्द्र र मुन्ना कहाँर बाबु-छोरा हुन् । हत्याको योजनासहित मुन्नाले बोलाएपछि भारतीय नम्बर प्लेटको आफ्नै गाडी चढेर गोविन्द एक नास्ता पसलमा पुगेका थिए । उक्त नास्ता पसल हत्यामा संलग्न वीरबहादुरको हो । त्यहाँ बोलाएर अर्धवहोस हुनेगरी मादक पदार्थ सेवन गराइएको र मातेका सबै गाडीमा चढेर हिँडेको अनुसन्धानबाट पत्ता लागेको छ ।

बाटोमा गोविन्दलाई गाडीभित्र घाँटीमा गम्छाले बाँधेर हत्या गरेको र शवलाई नारायणी नदीको ठोकर नं. ६ मा लगेर फालेको बयानमा खुलेको डिएसपी शाहीले बताए । प्रमाण नष्ट गर्ने योजनासहित हत्या गरिएका व्यक्तिको युपी ५७ एएफ १३२७ नम्बररको गाडी अभियुक्तहरूले मोटरसाइकलको पेट्रोल छर्किएर सुनवल नगरपालिकाको फरौलीस्थित कच्ची सडकमा जलाएर छाडेका थिए ।

अभियुक्तहरूले डेढ करोड रुपैयाँ फिरौती रकम माग्ने सोचका साथ उनलाई अपहरण गरेको र पछि पहिचान खुल्ने डरले हत्या गरेको साविती बयान दिएको प्रहरीले जनाएको छ । गोताखोरको प्रयोगबाट शवको खोजी कार्य भएपनि हालसम्म नभेटिएको प्रहरीको भनाइ छ।साथै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी ले विभिन्न मुद्दामा सग्लन १०९ जना फरार अभियुक्त लाई समेत पक्राउ गरि कार्वाहि अगाडि बढाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!