ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले नेपालमा प्रतिबन्धित माछा नियन्त्रणमा लिने अभियान सुरु गरेको छ । मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने प्रतिबन्धित मुगुरा तथा अन्य जातका माछाहरु नियन्त्रणमा लिने अभियान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
कोहलपुर प्रहरीले मदन चोक राझा चोक लगायतका स्थानबाट करिव दुई सय किलो नेपालमा प्रतिबन्धित माछा बरामद गरेको छ । अवैध माछाको आयात बढेको व्यापारी तथा मत्स्यपालक किसानहरुबाट गुनासो आएपछि प्रहरीले माछामा निरागनी बढाएको हो ।
स्वास्थ्यमा प्रतिकूल असर पार्ने र विक्री वितरण समेत गर्न नमिल्ने माछा भारतबाट ल्याउने गरेको जनगुणासो छ । जस्ले गर्दा यहाँका किसानहरु मारमा समेत पर्दै आएका छन भने उपभोक्ताहरु पनि अस्वस्थकर माछा उपभोग गर्न बाध्य भएका छन् ।