१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित १ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २२, २०७८

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ फुलटेक्रा बस्ने २१ बर्षका प्रमोद सोनकर लाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

उनलाई नेपालगन्ज पुरैनाबाट २४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरी उनीमाथि थप अनुसन्धन भइरहेको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

error: Content is protected !!