(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ फुलटेक्रा बस्ने २१ बर्षका प्रमोद सोनकर लाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।
उनलाई नेपालगन्ज पुरैनाबाट २४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरी उनीमाथि थप अनुसन्धन भइरहेको बाँके प्रहरीले जनाएको छ ।