२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

नेपाल प्रहरीको ३१ जनालाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

Logo
प्रकाशित शुक्रबार, पुष २३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीले ३१ जना प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित विपद् व्यवस्थापन आधारभूत तालिम २३ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणि आचार्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले तालिममा दिलाइएका विपद् व्यवस्थापन सम्बन्धि ज्ञान सीपलाई प्रयोग गरी विपद् उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । खोज, अध्ययन एवं उद्धार सामग्रीको प्रयोगबारे प्राप्त कौशल अनुरुप प्रभावकारी काम गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले गत कात्तिक २८ गतेदेखि संचालित उक्त तालिममा प्रहरी निरीक्षक १ जना र प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार ३ जना र प्रहरी जवान २४ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।
विपद् व्यवस्थापन सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुतीकरण समेत गरिएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक रमेश लामाले प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गरे ।

नेपाल प्रहरीका प्रत्येक कर्मचारीहरूलाई विपद्, खोज तथा उद्धार कार्य सम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गरी दक्ष उद्धारकर्मीहरू तयार गर्ने तथा विपद् व्यवस्थापन तालिमहरूको प्रशिक्षक विकासको आधार तयार गर्ने लक्ष्य अनुरुप उक्त तालिम प्रदान गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!