११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

माघ नजिकै गर्दै दाङको थारु समुदायमा माघीको तयारी गर्न भ्याइन भ्याई

Logo
प्रकाशित शुक्रबार, पुष २३, २०७८

(ABC-Sanchar)
दाङ । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा जुटेका छन् । भाँडाकुँडा सबै सफा पारिएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित थारु बस्तीमा पुग्दा सबै जना माघीको तयारीमा जुटेका देखिन्थे ।

थारु जातिको सबैभन्दा मुख्य पर्व माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन जिल्लाका सबै थारु बस्तीमा बढेको छ । माघी आउन अब एक साता मात्र बाँकी छ । थारु समुदायका महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् । पुरुष मासुको जोहो गर्नमा व्यस्त छन् भने महिला रोटी पकाउने पिठोको तयारी तथा दुनाटपरी खुट्नमै व्यस्त छन् ।

कतिपयले माघीका लागि माछाको जोहो गर्न थालेका भेटिए । तुलसीपुर–६ रजौराका ५५ वर्षीय ज्ञानसिंह चौधरीका अनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी छँदा गरिन्छ भने माछा मार्नेदेखि रोटी पकाउनेलगायत काम एक हप्ता अगाडिदेखि नै गरिन्छ । रजौरामा सुँगुर घरघरमा बाँधेको देखिन्थ्यो भने महिला दुनाटपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्थे ।

आँगनमा दुनाटपरी बनाउँदै गरेकी ५५ वर्षीया बुझौनी चौधरीले भन्नुभयो, “माघीमा पाहुना धेरै आउने भएकाले अहिलेदेखि नै काम भयाउनु पर्छ ।” यस्तै तुलसीपुर ६० वर्षीया मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त हुनुहुन्छ । बुहारीसँगै दुनाटपरी बनाउँदै गरेकी उहाँले भन्नुभयो, “पहिला टाढाको जङ्गलमा मालुकाका पात टिप्न जान्थ्यौँ, अहिले धेरै टाढा जान सकिन्न ।”

यस्तै तुलसीपुर–५ की ४५ वर्षीया शान्ति चौधरी माघीका लागि अचार बनाउने तर्खरमा हुनुहुन्छ । उहाँले पात र दाउराको जोहो भने गरिसक्नुभएको छ । अब माघीमा आवश्यक परिकार बनाउनमा चौधरी लागिपर्नुभएको छ । मुला, अदुवा र गोलभेँडा मिलाएर उहाँले अचार बनाउँदै हुनुहुन्छ । ढिक्री भने माघी आउन एक दिन बाँकी छँदा मात्रै बनाउने उहाँको योजना छ । उहाँले भन्नुभयो, “चामलको पिठो, घर लिपपोत, सुँगुरको मासु जोहो गरिसक्यौँ, अब माछा मार्न दिदी बहिनीसँग सल्लाह भएको छ ।” माघीमा माछा मार्न बबई नदी जाने तयारी छ । तुलसीपुर–१७ की ५५ वर्षीया लीला चौधरीले घरबाट टाढा माछा मार्न जाँदा रमाइलो हुने गरेको अनुभव सुनाउनुभयो ।” माघीमा घरघरमा सुँगुर काट्ने चलन छ । यसलाई उनीहरुको भाषामा ‘जिता मरना दिनु’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी ९पिठोको एक परिकार, माछालगायतको परिकार खाएर रातभर नाचगानका साथ रमाइलो गर्ने चलन छ । यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।

माघीमा नाचिने विशेष मघौटा नाच अघि पछि पनि लोकप्रिय छ । यसैबीच जिल्लामा पुसको दोस्रो हप्तादेखि माघी महोत्सव तथा नृत्य प्रतियोगिता सुरु भइसकेका छन् । जिल्लाका तुलसीपुर, घोराही, लमहीलगायतका स्थानमा थारु संस्कृति झल्कने त्यस्ता प्रतियोगिता सुरु भएका हुन् । थारु बाहुल्यता रहेका गाउँमा बिहानैदेखि माघी विशेष थारु गीत गुञ्जिन्छने ।

थारु युवायुवती आफूलाई आवश्यक पर्ने लत्ताकपडा तथा खाद्यान्न किनमेल गर्न नजिकैका बजार पुग्छन् । केही दिनदेखि तुलसीपुर क्षेत्रमा कोरोनाका बिरामी बढ्न थालेका छन् । अब सतर्कता अपनाएर मात्र माघी मनाउनुपर्ने स्थानीय पत्रकार अञ्जना चौधरीको भनाइ छ । माघीमा जम्मा भएर घरघरमा गएर जाच्ने, थारु परिकार खाने चलन छ । माघेसङ्क्रान्तिको दिन बिहानै सबै जना नजिकैको खोला, जलाशय वा पोखरीमा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ । घरदेखि टाढा काम तथा अध्ययन गर्न गएका थारु समुदायका व्यक्ति माघीमा आ–आफ्नो घर फर्किन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी […]

error: Content is protected !!