१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

बाँकेमा फेरि बाघले १ जनाको ज्यान लियो राष्ट्रिय निकुञ्ज बाघ पक्र्ने नाटक गर्दै ?

Logo
प्रकाशित शनिबार, पुष २४, २०७८

ABC (क्राईमबिट)
बाँके । राप्तीसोनारी ६ हब्रहवाकी ३० बर्षीया चाँदनी थारुको आज बाघको आक्रमणबाट मृत्यु भएको हो । दाउरा काट्न जंगल गएकी थारुलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो । बाघको आक्रमणबाट विहिबार मात्र राप्तीसोनारी ४ प्रसहवाकी ५२ बर्षीया लिला विष्टको मृत्यु भएको थियो ।

यसअघि शुक्रबार पनि राप्तीसोनारी ५ का बमबहादुर पुन बाघको आक्रमणबाट जोगिन सफल भएका थिए । तर, बाघले बाख्रामाथि आक्रमण गरेको थियो । बाघले एउटा बाख्रा मारेको थियो । राप्तीसोनारीमै बुधबार पनि जंगलमा पात टिप्न गएका महिलालाई पाटेबाघले आक्रमण गरेको थियो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुर नयाँ बस्तीकी ३० बर्षीया महिला दुर्गा थारुलाई बुधबार बिहान बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेपनि उनी बाँच्न सफल भएकी थिइन् ।

केही दिन अघि पनि राप्तीसोनारी ५ र ६ को जंगलमा एक जना शिक्षकलाई बाघले झम्टिएको थियो । मोटरसाइकलमा सवार उनी बाँच्न सफल भएका थिए । आजको घटनासंगै बाघले तीन महिनाको अवधिमा बाँकेको राप्तीसोनारी र नरैनापुरमा ४ जनाको ज्यान लिइसकेको छ । यी घटना दोहोरिरहेपछि राप्तीसोनारीमा त्रास बढेको छ । स्थानीयहरु त्रसित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!