३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

नेपालगन्जमा आलु व्यापारीको हत्या बाँके प्रहरीद्वारा अनुसन्धान तीब्र

Logo
प्रकाशित शनिबार, पुष २४, २०७८

(महेन्द्र सिंह)
बाँके । शुक्रबार साँझपख नेपालगन्ज १८, लग्दहवामा एकजना पुरुषको शंकास्पद अवस्थामा शव भेटिएको छ । जुम्लाका ३३ वर्षीय लोकप्रसाद न्यौपानेको शव शंकास्पद अवस्थामा भेटिएको हो ।

लोकप्रसादको हत्या भएको उनका आफन्तहरुले दाबी गरेका छन् । प्रहरीका अनुसार मृतकको निधारमा थोरै रगत आए जस्तो देखिएको छ भने घाटीमा पनि थोरै कोरिएको जस्तो दाग छ । सामान्य चोट देखिएपछि प्रहरीले हत्या भएको हुन सक्ने आँकलन गरेको छ ।

लग्दहवा सडकअन्तर्गत आँप बगैयाभन्दा दक्षिणतर्फ खेतमा उनको शव भेटिएपछि स्थानीयले शुक्रबार करिब ५ः१५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । बिहीबार साँझ हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । मृत भेटिएका न्यौपानेको साथमा अन्य व्यक्तिगत कागजात पनि फेला परेका छन् ।

उनी आलु व्यापारी भएको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जनाए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसभन्दा अघि पनि यही क्षेत्रमा एकजना युवकको हत्या भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!