२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

१६ महिनादेखि रोकिएको नेपाली रेल शनिबारदेखि चलेको छ

Logo
प्रकाशित शनिबार, पुष २४, २०७८


(ABC-Sanchar)
काठमाडौं । धनुषाको इनरुवास्थित रेल्वे स्टेशनमा पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गर्न लागिएको छ ।

२०७७ असोज २ गते जनकपुर ल्याइएको रेल ३ गतेदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको छ । लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण गरिएको महाप्रबन्धक झाले बताए ।

इनरुवा स्टेशनमा राखिएको रेल जनकपुरधाम हुँदै कुर्थासम्म पुगेको छ । भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]